अँध्यारोमान” मन्त्रीको २८ करोडको पार्क योजनामा डा. महावीर पुनको चर्को प्रहार।

0
16

“अँध्यारोमान” मन्त्रीको २८ करोडको पार्क योजनामा डा. महावीर पुनको चर्को प्रहार।

काठमाडौं, असार ३०– नवप्रवर्तनका प्रखर अभियन्ता डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री गणेशमान सिंहका सुपुत्र तथा मन्त्री प्रकाशमान सिंहमाथि तीव्र प्रहार गरेका छन्। मन्त्री सिंहले आफ्ना दिवंगत पिताको नाममा १५ वटा पार्क बनाउन करिब २८ करोड रुपैयाँ बजेट छुट्याएको विषयमा डा. पुनले “प्रकाशमान होइन, अँध्यारोमान” भनेर व्यङ्ग्य गर्दै आक्रोश पोखेका छन्।

“बुद्धिमा बिर्को लागेर” पार्क निर्माणका लागि मात्रै बजेट छुट्याउनुको सट्टा प्रतिभाशाली युवाहरुका लागि नवप्रवर्तन केन्द्र खोल्ने सोच ल्याएको भए, त्यही गणेशमानको नाम साँचो अर्थमा बाँच्ने थियो भन्दै पुनले सामाजिक संजालमा लेखेका छन्।

उनले लेखेका छन्,

> “अँध्यारोमान ज्यू, तपाईले तपाईकै स्वर्गीय बुबाको स्मृति लामो समयसम्म रहोस् भनेर मन्त्रीको हैसियतले करिब २८ करोड छुट्याउनु भएछ। ति पार्कहरु बनाउनुको सट्टा तपाईकै बुबाको नाममा एउटा अत्याधुनिक नवप्रवर्तन केन्द्र खोल्ने बुद्धि आएको भए सुनमा सुगन्ध हुने थियो।”

 

साथीबाट आलोचकसम्मको यात्रा
डा. पुनले आफू र मन्त्री सिंह अमृत साइन्स कलेजमा एकै साथ पढेको स्मरण गर्दै अब उनीप्रति मित्रता होइन, कठोर प्रश्नको अधिकार प्रयोग गरेका छन्।

> “तपाई र म अमृत साइन्स कलेजमा सँगै पढेका थियौं। साथीलाई यत्ति भनें ल। माफ गर्नुहोला।”

 

आक्रोशको मूल जड: नवप्रवर्तनभन्दा स्मारकलाई प्राथमिकता?

नेपालमा जहाँ हजारौं युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहेका छन्, नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलता मार्फत देशभित्र रोजगारी र सम्भावना सृजना गर्नुपर्ने बेलामा २८ करोड रुपैयाँ पार्क निर्माणमा खर्च गर्नु विवेकहीन निर्णय हो भन्ने डा. पुनको स्पष्ट सन्देश छ।

सार्वजनिक बौद्धिक हमला : अब मौन बस्ने समय सकियो

डा. पुनको यो स्टाटसले संकेत गर्छ — अब सर्जकहरु, अनुसन्धानकर्ताहरु, र नवप्रवर्तनकर्मीहरु मौन रहने छैनन्। जनताको करबाट उठेको करको दुरुपयोग गर्नेलाई अब “प्रकाश” होइन “अँध्यारो” भनेर चिनाउने आन्दोलन सुरु भइसकेको छ।

LEAVE A REPLY