
अंगारक योग : मङ्गल–राहुको संयोगले नेपालमा अशान्ति बढायो।


ज्योतिष : अंगारक योग
अगांरकको अर्थ हुन्छ ,जलिरहेको कोयला ।
जब कुण्डलीमा मङ्गल र राहुको सम्बन्ध हुन्छ , तब यो अंगारक योगले जन्म लिन्छ ।
आज भन्दा केहि समय अगाडी 4 सेप्टेम्बर 2025
मा नेपाल सरकारले एउटा महत्त्वपूर्ण निर्णय लिए ।
सामाजिक सञ्जाल बन्द गर्नलाई पत्र पठाए ।
४ नम्बर राहुको नम्बर हो । राहु वायु तत्त्व हो , हावासँग जोडिएको हुन्छ । सेप्टेम्बर मङ्गल ग्रहसँग जोडिएको छ । मङ्गल आगो हो , अग्नि तत्त्व ग्रह हो ।
विज्ञान र वैज्ञानिक अनुसार हावा नचली , आगो बल्दैन । राहुले हावाको रुपमा काम गरेपछी मङ्गल सक्रिय भएको उर्जा हो । यसलाई यसरी बुझौं , मङ्गल र राहुको सम्बन्धले मानिसको जीवनमा रिस , आगो , आक्रोश बढेर आयो । जसको फलस्वरूप 5 दिनपछि 9 सेप्टेम्बर भाद्रको २४ गते रिजल्ट देखियो ।
यहि सम्बन्ध अब भाद्रको २८ गते पुन: देखिदैछ ।
राहु ग्रहबाट ईन्टरनेट , सामाजिक सञ्जाल हेरिन्छ ।
नेपालमा एउटा ईन्टरनेट छ – Vianet भन्ने यो पुरै राहु ग्रह सङ्ग जोडिएको छ ।
नेपाल सरकारले 4 तारिख को दिनमै समाजिक सञ्जाल बन्द गर्ने निर्णय लिदा राहु ग्रह रिसाएको हो । राहु ग्रह मङ्गल सङ्ग जोडिएकोले यसले आक्रोश पोख्ने ठाउँ पायो ।
राहु भनेको ग्रहण लगाउने ( सूर्यलाई दु:ख ) दिने ग्रह हो । नेपालमा सिंहदरबार जल्ने भनेको मङ्गल मात्र दोषी छैनन ,यहाँ राहुको ठूलो भुमिका छ ।
राहु भनेको भ्रम हो । भ्रमको सिकार बनाएर सजिलै आफ्नो काम निकाल्न सक्छ राहुले ।
ठिक ५ दिनपछि नै किन ? ५ नम्बर बुधसङ्ग जोडिन्छ । बुध कुटनितिसँग जोडिन्छ ।
बुध भनेको वश्य हो , अवसरवाद र धनसँग जोडिएको ग्रह हो । यसको ठूलो उदाहरण रवि लामिछानेलाई देखियो । उनलाई बुधसङ्ग जोड्छु मैले ।
बुधले आफ्नो काम निकाल्न सजिलै सक्छ । जता पनि ठिक्क हुन जानेको छ । बुद्धि दिमाग सङ्ग सजिलै खेल्न सक्छ ।
Pre-planned राहु र मङ्गललाई सहयोग बुध ग्रहले गर्यो । बुध ग्रह पृथ्वी तत्त्व भएकोले र मङ्गलको शत्रु भएकोले मङ्गललाई झन समस्यामा ल्यायो ।
अहिले मङ्गल आफैले पछुतो मान्दै छ ।
तर यो लेखान्त थियो , जे हुन थियो त्यो भएर नै छोड्यो ।