
अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको नयाँ नेतृत्व चयन।

अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको नयाँ नेतृत्व चयन

काठमाडौं — अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो भेला राजधानीमा सम्पन्न भएको छ। भेलाले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गर्दै ४५ सदस्यीय कार्यसमिति गठन गरेको छ।
नव निर्वाचित नेतृत्वमा भुवन रिजाल इन्चार्ज र प्रदीप भट्ट अध्यक्षको भूमिकामा चयन भएका छन्। समितिमा विभिन्न तहका विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको छ, जसले संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा उपस्थित अतिथि, संगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूले नयाँ समितिलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेतृत्वले संगठनको जिम्मेवारीलाई निष्ठा र समर्पणका साथ निर्वाह गर्ने विश्वास व्यक्त गरे।
भेलाले संगठनलाई ऐक्यबद्धता, जनआन्दोलनका लक्ष्य र आगामी योजनामा सक्रिय समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्षसमेत निकालेको छ। नयाँ समितिले संगठनलाई समयअनुकूल गतिशील बनाउन निरन्तर प्रयास गर्ने प्रतिवद्धता जनाएको छ।