
अदालतमा ६०लाख धरौटी बुझाएर बुधबार नै रिहा भए लामिछाने ।


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडाैं जिल्ला अदालतबाट ६० लाख धरौटी बुझाएर बुधबार रिहा भएका छन्
रिहा भएलगत्तै पत्रकारहरु संग लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको उनको भनाइ थियो।लामिछानेले अदालत परिसर बाट बाहिर निस्कने क्रममा न्याय नमरेको देश रैछ मैले न्याय पाए त्यसको लागि उनले सबैलाई धन्यबाद दिए
लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका थिए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् । यस अघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख धराैटी बुझाएर रिहा भएका थिए ।