अध्यक्ष हस्तविकको नेतृत्वमा ‘राष्ट्रका लागि विद्यार्थी अभियान’ — नि:शुल्क शिक्षा ऐनको मागसहित काठमाडौंमा भव्य प्रदर्शन”

0
113

नि:शुल्क शिक्षा सुनिश्चित गर्न ‘राष्ट्रका लागि विद्यार्थी अभियान’ – नेकपा (बहुमत) निकट विद्यार्थी संगठनको काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठनको अगुवाइमा सञ्चालन गरिएको “राष्ट्रका लागि विद्यार्थी अभियान” आज काठमाडौंमा भव्य र शान्तिपूर्ण कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रमको नेतृत्व काठमाडौ जिल्ला विद्यार्थी  संगठनका  अध्यक्ष हस्तविकले गरेका थिए।

अखिल नेपाल स्वतन्त्र  विद्यार्थी युनियन काठमाडौ जिल्लाका अध्यक्ष हस्तविकले सम्बोधन गर्दै शिक्षा प्रत्येक नागरिकको जन्मसिद्ध अधिकार भएको र यसलाई राज्यले पूर्णरूपमा सुनिश्चित गर्नुपर्ने बताए। उनले भने, “आजको युगमा पनि पैसा नभएका कारण कुनै पनि बालबालिका विद्यालय बाहिर रहनु शर्मनाक हो। सरकारले तत्काल नि:शुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने शिक्षा ऐन जारी गर्नुपर्छ।”

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा सामाजिक अभियन्ताहरूले “नि:शुल्क शिक्षा हाम्रो अधिकार”, “तत्काल शिक्षा ऐन जारी गर”, र “शिक्षा वाणिज्य होइन, अधिकार हो” जस्ता नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

अभियानका क्रममा सांस्कृतिक प्रस्तुति, सडक नाटक, र प्रतीकात्मक प्रदर्शनमार्फत विद्यार्थीहरूले आफ्नो मागलाई जनतासमक्ष प्रस्तुत गरे।

संगठनका अनुसार, यो अभियानलाई काठमाडौंपछि देशका अन्य जिल्लामा समेत विस्तार गर्दै राष्ट्रव्यापी आन्दोलनको रूप दिइनेछ।


 

LEAVE A REPLY