आफुलाइ पक्रेर देखाउन दुर्गा प्रसाईको टिमलाई रबि चुडालको ठाडो चुनौती।

0
7

 

काठमाडौं ।   जबर्जस्ती करणीको आरोप लागेका लोकप्रिय सामाजिक अभियान्ता रबि चुडाल बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनले दुर्गाप्रसाइको टिमलाई  आफुलाई पक्रेर देखाउन खुल्ला चुनौती दिएका छन् ।    महाराजगञ्ज-४८ (परिवर्तित नाम) ले जिल्ला अदालत काठमाडौको फैसला उल्टाउदै  पुनरावेदन दिएपछि उच्च अदालत पाटनले  उनलाई   पक्राउ पुर्जी जारी गरेको हो।

 

यस अघि उनलाई बलत्कारको आरोपमा उच्चले गत पुस १७ गते जाहेरी दर्ता गरी आवश्यक कारवाही अगाडि बढाउन काठमाडौं परिसर र महाराजगञ्ज प्रहरीलाई परमादेश दिएको थियो।    मागदाबी नपुगे पछि  काठमाडौ जिल्ला अदालतले उनलाई  धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । चुडालले  नगर  बिकास डटकम संग कुरा गर्दै भने; मेरो आर्थिक लेनदेनको बिषय हो ती महिला संग; तर एक्कासी पैसाको कुरा गर्दा मैले दिदी मानेर भाई टिका लाएको मान्छे संग बलत्कार गरेको आरोप लागाउदा आफू छांगा बाट ने झरेको महसुस भयो । आरोप लगाउने  ति महिलाको उल्टो अनुसन्धान गर्न पर्नेमा आफुलाइ प्रहरीले पक्राउ गरेकोमा उनलेे आक्रोश पोख्दै भने;  एक बर्ष अगाडी मलाई बलत्कार गर्यो भनेर  यो सबै चाल कसको  घाम  झै छर्लङ्ग छ कि यो सबै खेल मेडिकल व्यवसायी दुर्गा प्रसाई राप्रपा सांसद ज्ञानेन्द्र शाही र न्यायाधीश पुरुषोत्तम ढकाल हो मलाई राम्रो संग थाहा छ उनले भने। ती महिलाको महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर फेन्सी पसल चलाउदै आएका छन्  ।

उनले बिना प्रमाण उजुरीकै भरमा पक्राउ गर्ने न्यायाधीशलाई उल्टो जेल हाल्ने चेताउने दिएका छन्। अदालतका न्यायाधीश जति पैसामा बिक्री भएको उनको आरोप  छ।दुर्गा प्रसाईं हिजो प्रचण्ड र केपि संग मुख जोडेर हिड्थ्यो त्यति बेला हिसाब किताब मिलेन अनि आफ्नो स्वार्थ पुरा नहुने देखेपछि उसले अनेकौ तानवाना बुनेर राजा ल्याउने भनेर  सडकमा हल्ला गर्दे हिडेको छ  उसका पछाडि हिड्ने जनताले एकदिन पछुताउने चुडाले बताएका छन् ।

LEAVE A REPLY