
आरजु देउवाको स्कुलमा ने.क.पा (बहुमतको) कालो ब्यानर ।

नेकपा (बहुमत) ३ नम्बर ब्युरो (बागमती प्रदेश) ले युलेन्स स्कुलमा कालो ब्यानर राखिएको छ ।
नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेस नेतृ आरजु राणाद्वारा संचालित तथा उहाँ स्वयं अध्यक्ष रहेको विद्यालय युलेन्स स्कुलमा कालो ब्यानर राखिएको हो ।
नेकपा (बहुमत) ले राखेको ब्यानरमा नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न , कैलाली टिकापुर जग्गा काण्ड र संविधान विपरीत शैक्षिक माफियाको भुमिका निर्वाह गरेको भन्दै जनकारबाही गरेको उल्लेख गरिएको छ । साथै ब्यानरमा भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं भनेर पनि उल्लेख गरिएको छ ।
यस अघि मात्र नेकपा (बहुमत) ले उपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता नन्दकिशोर पुनको चन्द्रागिरी नगरपालिका दहचोकमा रहेको घरमा समेत कालो ब्यानर राखेको थियो ।
नेपाल (बहुमत)ले गत भाद्र ११ गते अनामनगर स्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै भ्रष्टाचारिलाई कार्वाही गर्ने भदै संघर्षका कार्यक्रम सार्बजनिक गरेको थियो ।
सोही संघर्षका कार्यक्रम अनुरुप नेकपा (बहुमत) ले देशैभर चरणबद्ध आन्दोलन गरिरहेको हो ।