
इरानका सर्वोच्च नेताको निधनले राजनीतिमा कस्तो असर पार्छ ।


इरानका कट्टरपन्थी नेता अब्राहिम रइसीको मृत्युले इरानको राजनीतिमा ठूलो असर पार्न नसक्ने बिश्लेषण गरिएको छ सबैभन्दा शक्तिमान देशका सर्वोच्च नेता हो
मृत्यु भएको वा स्वास्थ्य अ वस्था महाअभियोगका कारण काम गर्न नसक्ने अवस्था भए राष्ट्रपतिको विषयमा इरानको संविधानको धारामा स्पष्ट छ।
रइसीको मृत्युपछि सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई शासन सत्ता सञ्चालन गर्ने अन्तरिक जिम्मेवारी तोकेका छन्।
मोख्बेरले नयाँ राष्ट्रपति चयनका लागि चुनाव गराउनेछन्। उनले संसद् र न्यायपालिकाका प्रमुखसँग मिलेर काम गर्ने छन्। चुनाव ५० दिनभित्र हुनुपर्ने हुन्छ।
पछिल्लो चुनावमा रइसीका सबै गम्भीर प्रतिद्वन्द्वीहरूलाई उठ्नबाट रोक लगाइएपछि निर्वाचित हुने मार्ग उनका लागि प्रशस्त भएको थियो। कम मतका साथ उनी विजयी भएका हुन्
इरानमा सबैभन्दा शक्तिशाली भनेका अयातोल्लाह अली खामेनेई हुन् जो सन् १९८९ यता त्यहाँका सर्वोच्च नेता ।
देशको आन्तरिक सुरक्षा हेर्ने इस्लामिक रेभुलूशन गार्ड कप्स (आईआरजीसी) र त्यसको स्वयंसेवक समूह बसिज रेजिस्टेन्स फोर्समाथि पनि अयातोल्लाह खामेनेईको नियन्त्रण
राष्ट्रपति सर्वोच्च जननिर्वाचित व्यक्ति हुन् र सर्वोच्च नेतापछि वरीयताक्रममा दोस्रो स्थानमा हुन्छन्।
दैनिक सरकार सञ्चालनको जिम्मेवारी राष्ट्रपतिलाई हुन्छ भने आन्तरिक तथा बाह्य मामिलामा महत्त्वपूर्ण प्रभाव राष्ट्रपतिको हुन्छ।
यद्यपि अधिकारहरू तुलनात्मक रूपमा सीमित हुन्छन्- खासगरी सुरक्षा मामिलामा।
आन्तरिक मामिला मन्त्रालयले राष्ट्रिय प्रहरी बललाई हेर्छ। तर त्यसका कमान्डर चाहिँ सर्वोच्च नेताबाट नियुक्त हुन्छन् र उनी सीधै खामेनेईप्रति जबाफदेही हुन्छन्।
आईआरजीसी र बसिजका कमान्डरको हकमा पनि त्यही नियम लागु हुन्छ।
राष्ट्रपतिको शक्ति सन्तुलन संसद्ले पनि हेर्न सक्छ जसन संसद् नयाँ कानुन ल्याउँछ।
सर्वोच्च नेताका नजिकका साझेदारहरू रहने गार्डियन काउन्सिलले नयाँ कानुनलाई अनुमोदन गर्छ भने रोक लगाउने अधिकार पनि त्यससँग हुन्छ।