
एमाले भित्रको जग्गा बिवाद नखाउँ भने दिन भरीको सिकार, खाउँ भने कान्छा बाउ को अनुहार !


सरकारी जग्गा हिनामिना गरेको अभियोगमा जेलमा चलान भएका भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको मुख्यालयको दान नगर्ने र भवन पनि आफैंले निर्माण गर्ने घोषणा गरेपछि एमाले पार्टी भित्र विवाद चर्किदै गएको छ।
एमालेले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ।’
त्पसैगरी पार्टीका स्थायी समिति सदस्य विन्दा पाण्डेले पनि यो निर्णयको खुलेर आलोचना गरेकी छिन् । पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘राजनीतिक दलले आफ्नो पार्टी कार्यालय बनाउनको लागि यस्तो चन्दा लिनु गलत हो, व्यवसायीले त्यस्तो चन्दा दिनु पनि उत्तिकै गलत हो । ‘किन र कसरी यस्तो चन्दा दिने पक्षलाई थाहा होला, तर पार्टीको कुरा आउँदा नेतृत्व तहमा छलफल वा निर्णय नगरी र पार्टीलाई जानकारी नदिई यस्तो सहयोग स्वीकार गर्नु दीर्घकालीन रूपमा आत्मघाती साबित हुन सक्छ। ।” उनले ब्यवसायी संग चन गर्दा २८ लाख मतदाता र ५ लाख ५० हजारभन्दा बढी पार्टी सदस्यको अपमान हुने उनको तर्क छ।
कात्तिक ११ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुको उपस्थितिमा कीर्तिपुर नगरपालिकाको वडा नम्बर २ को मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको शिलान्यास गरेका थिए । गुरुङले एमालेको पार्टी कार्यालयका लागि १० रोपनी र १४ आना (०.५५ हेक्टर) जग्गा दान गरेका थिए ।
यसअघि ललिता निवास जग्गामा किर्ते गरेको अभियोगमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १२ असार २०८० मा पक्राउ गरेको थियो । उक्त अभियोगमा उनी धरौटीमा छुटेका थिए।