
ऐतिहासिक कीर्तिमान: डिस्ट्रीक्ट ३२५ आई नेपालकी गभर्नर पार्वती खरेल पाण्डे ‘विश्व नम्बर १ गभर्नर’ घोषित।


ऐतिहासिक कीर्तिमान: डिस्ट्रीक्ट ३२५ आई नेपालकी गभर्नर पार्वती खरेल पाण्डे ‘विश्व नम्बर १ गभर्नर’ घोषित
काठमाण्डौं,राजन थापा साउन १ –
अमेरिकाको अर्ल्यान्डो सहरमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको १०७औं विश्व सम्मेलनमा लायन्स डिस्ट्रीक्ट ३२५ आई नेपालकी गभर्नर लायन पार्वती खरेल पाण्डेले ऐतिहासिक सफलता हासिल गर्नुभएको छ।
उहाँले १४ दिनको अवधिमा विश्वभरबाट सबैभन्दा धेरै — २५ वटा नयाँ लायन्स क्लबहरू चार्टर गरेर ‘विश्व नम्बर १ गभर्नर’ बन्न सफल हुनुभएको हो। यो कीर्तिमानसँगै उहाँले नेपाललाई विश्व लायनिज्मको अग्रपंक्तिमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
डिस्ट्रीक्ट ३२५ आई का क्लबहरू, लिडरहरू तथा सम्पूर्ण लायन्स समुदायको संयुक्त समर्पण, ऐक्यबद्धता र निरन्तर सेवाभावले यस गौरवपूर्ण उपलब्धिमा विशेष योगदान पुर्याएको लायन नेताहरूको भनाइ छ।
लायन्स क्लब अफ काठमाण्डौं टेम्पल गणेश कि रचयिता बिना थापा भन्नू हुन्छ
“ हाम्रो प्रेरणादायी नेतृत्व लायन पार्वती खरेल पाण्डे को यो सफलता सम्पूर्ण नेपाली लायनहरूको लागि गर्वको विषय हो। उहाँको जुझारुपन, समर्पण र स्पष्ट दृष्टिकोणले यो ऐतिहासिक यात्रा सम्भव भएको हो।”
उनले थपिन्, “२५ क्लब चार्टर गर्ने कीर्तिमान नेपाली लायन इतिहासमा सदैव स्मरणीय रहिरहनेछ। यस्तो सफल नेतृत्वको मार्गदर्शनमा सामाजिक सेवामा आवद्ध हुन पाउनु हाम्रो लागि सौभाग्य हो।”
यो कीर्तिमानले नेपालमा मात्र होइन, दक्षिण एशिया र विश्वभर नेपाली लायन नेतृत्वको प्रतिष्ठा थप उचो बनाएको छ।