“जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ वलीको निर्देशन।

0
7
  • ओलीको निर्देशन : “जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ”

काठमाडौं, जेठ ११ — नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ १५ गते काठमाडौं उपत्यकामा पार्टीको उपस्थितिलाई सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले दिउँसो ११ बजेदेखि २ बजेसम्मको समयमा काठमाडौं “एमालेको नियन्त्रणमा” हुनुपर्ने उल्लेख गरेका छन्।

राजावादी समूहहरूले सोही दिन काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरिसकेका छन्। त्यसका सन्दर्भमा ओलीले एमाले कार्यकर्तालाई सक्रिय रूपमा तयारी थाल्न आह्वान गर्दै कुनै औपचारिकता वा प्रोटोकल नअपनाई मैदानमा उत्रन निर्देशन दिएका हुन्।

“१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ। कुन संस्था अगाडि लाग्छ, कसको आयोजना हुन्छ भन्नेमा नअल्झिनुहोस्,” ओलीले भने।

उनले आइतबार बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्। प्रशिक्षण सकिनासाथै जेठ १५ गतेका लागि आवश्यक तयारी सुरु गर्न उनले सबै कार्यकर्तालाई आग्रह गरेका छन्।

ओलीको निर्देशनसँगै काठमाडौं उपत्यकामा जेठ १५ गते राजनीतिक रुपमा उल्लेखनीय गतिविधि हुने संकेत देखिएको छ।

LEAVE A REPLY