
कफिनमाथि आँसुको भल बगेको छ,(कविता)नन्द लाल खरेल।


कफिनमाथि आँसुको भल बगेको छ,
सरकार रेमिट्यान्सले शासन चलाइरहेको छ ।
सरकार कफिन आउँदा पनि मुस्कुराई भाडा असुलेको छ,
कफिन बुझन कागजी पक्रिया अत्यन्तै झन्झटिलो छ ।
१४ वर्षमा विदेशबाट ९ हजार कफिन बासमा फर्किएको छ,
विमास्थल भित्र शव ल्याइएका सेता वाकस खात लगाइएको छ ।
धेरै नेपालीको मृत्यु मेलिसियामा हुने गरेको छ,
तर सरकार मृत्युको कारणबारे वेखवर छ ।
५ वर्ष भित्र कामको लागि विदेश जानु नपर्ने घोषणा छ,
तर विदेश जाने संख्या झन उत्कर्षमा छ ।
सरकार बालबालिका र वुढावुढीको देश बनाउन लागेको छ,
गलत नीतिका कारण युवा विदेशमा धकेलिन वाध्य छ ।
युवा विहिन भएपछि शासकलाई शासन चलाउन सजिलो छ,
उपभोग्य वस्तु समेत रेमिट्यान्स सँग साटिएको छ
युवा नभएपछि गाउँ शहरमा मलामिको अभाव छ,
बाँझा जमिनले समेत युवालाई धिक्कारेको छ ।
युवा पलायन भएपछि सामाजिक विचलन वढेको छ,
युवा युवतीको दम्पत्ती जोडीलाई यौन प्यासले सताएको छ ।