
कमल थापा र दीपक सिंहसहित सात जना रिहा, डा. राजीव झामाथि मुद्दा चलाइने तयारी।


कमल थापा र दीपक सिंहसहित सात जना रिहा, डा. राजीव झामाथि मुद्दा चलाइने तयारी
काठमाडौँ, जेठ १८ – आइतबार राजधानीमा आयोजित राजसंस्थाको समर्थनमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित सात जनालाई प्रहरीले रिहा गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ परेकामध्ये सात जनालाई छोडिएको हो भने डा. राजीव झामाथि भने कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।
प्रहरीका अनुसार रौतहटका ४५ वर्षीय झाले मादक पदार्थ सेवन (मापसे) गरेको पुष्टि भएकाले उनीमाथि मुद्दा दर्ताको तयारी भइरहेको छ।
राजधानीको नारायणचौर क्षेत्रबाट पक्राउ परेकामध्ये ललितपुरकी ६२ वर्षीया शिला राणा, भक्तपुरका रामचन्द्र लामिछाने र सरोज तिमिल्सिना, टोखाका बिनोद कपालीसमेत रिहा गरिएका छन्।
प्रहरीले आन्दोलनको क्रममा केही सहभागीले शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै पक्राउ गरेको भए पनि अधिकांशलाई अनुसन्धानपछि रिहा गरिएको जनाएको छ।