
कांग्रेसका नागार्जुन मेयर बस्नेत बिरुद्ध दोस्रो भ्रष्टचार मुद्दा दायर।


२० माघ, काठमाडौं नेपाली कांग्रेस पार्टीबाट नागार्जुन नगरपालिकाका प्रमुखको रुपमा दोस्रो कार्यकालको पनि नेतृत्व गर्दै आएका मेयर मोहनबहादुर बस्नेत बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगल बिशेष अदालतमा फेरी भ्रष्टाचार बिरुद्ध कै दोस्रो मुद्दा दायर गरेको छ ।
उनले सार्वजनिक पदको दुरुपयोग गरी ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारको अनुसन्धानबाट देखिएको छ।
पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध ८ करोड ६९ लाख विगो मागदावी गरेको हो । अख्तियारले मोहनकी पत्नी उर्मिलामाथि पनि मुद्दा दायर गरेको छ ।
जग्गा प्लष्टिङमा अनियमितता गरेको भनी उनीविरुद्ध यसअघि नै भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । हाल उनी निलम्बित अवस्थामा छन् ।