कांग्रेसको असभ्य ब्यबहरले पराकाष्ठा नाघ्यो ।अोली

0
6

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा नेपाली कांग्रेसले निकै असभ्य ब्यवहार  देखाएको  बताएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य  रहेको उनको भनाइ थियो

बिहीवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न  समय सभामुखलेेे दिए लगत्तै  कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जानेे संकेत गरेका थिए । अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ ।अध्यक्ष ओलीले शुक्रवार सो बारेमा संसद्‌ भवन परिसरमा सञ्चारकर्मीको र पत्रकार  संगको जवाफमा कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए । उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको पनि बताए ।

उनले भने, ‘भिडन्त भएन, कांग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’

अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेको बताए ।

LEAVE A REPLY