“कांग्रेस निकट नवनितको नेतृत्वमा पत्रकारमाथि आतंक – लोकतन्त्रलाई चुनौती?”

0
47

 महोत्तरीका नवनितद्वारा पत्रकार दिवाकर शाहमाथिको आक्रमणको योजना ?

काठमाडौं, असार २४ –
सत्ताको छायाँमा लुकेर नाटक मञ्चन गर्नेहरूको वास्तविकता फेरि एकपटक नाङ्गो भएको छ। स्वतन्त्र, निडर र जनपक्षीय पत्रकार दिवाकर शाहमाथि योजना बनाएर आक्रमण गराउने मुख्य योजनाकार महोत्तरी निवासी नवनित भएको खुलासा भएको छ।

नवनित नेपाली कांग्रेस निकट मानिन्छन् र हालै मात्र जेठ २२ गते, कांग्रेस सभापति शेरबहादुर देउवाबाट ‘सामाजिक अभियन्ता’ को नाममा सम्मान ग्रहण गरेका थिए – त्यो पनि मुख्यमन्त्रीको उपस्थितिमा। तर के सामाजिक अभियन्ता नामधारी व्यक्ति अब स्वतन्त्र पत्रकारितामाथि आक्रमण गराउने रणनीतिको नेतृत्व गर्न थालिसके?

नवनितमाथि लागेका गम्भीर आरोपहरू केवल व्यक्तिगत विवादको सीमाभित्र सीमित छैनन्। यो घटना लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला हो। आज जुन पत्रकारिता झूट, भ्रस्टाचार र सत्ता–सञ्जालको भण्डाफोर गर्दै अघि बढिरहेको छ, त्यसलाई रोक्नका लागि योजनाबद्ध आतंक सिर्जना गरिँदैछ।

दिवाकर शाह लामो समयदेखि सिमानाका विषय, भ्रष्टाचार, मानव अधिकार र सत्ता संरचनाका नाममा भइरहेको दमनका विरुद्ध कलम चलाउँदै आएका निडर पत्रकार हुन्। उनीमाथि योजनाबद्ध रुपमा दबाब र आक्रमणको तयारी हुनु भनेको सत्ताको दम्भले अब जनताको आवाज सिध्याउने दुस्साहस गर्नु हो।

प्रश्न उठ्छ:

🔹 के कांग्रेस नेतृत्वले आफूसँग निकट ‘सम्मानित’ व्यक्तिहरूको आचरणप्रति कुनै जवाफदेहिता लिनेछ?
🔹 के लोकतान्त्रिक मूल्यको वकालत गर्ने नेताहरू अब पनि चुप लागिरहनेछन्, जब पत्रकारमाथि खुलेआम हमला योजनाबद्ध हुँदैछ?

यदि नवनित जस्ता पात्रहरूलाई जिम्मेवारीको ‘पुरस्कार’ दिइरहने हो भने, त्यो राजनीतिक आतंकको वैधता दिनु हो

समाज, न्यायप्रणाली र सम्पूर्ण राजनीतिक नेतृत्वसमक्ष प्रश्न:
तपाईंहरू यी ‘पाल्तु भेडा’लाई लगाम लगाउने हो कि पत्रकारमाथि आक्रमण गर्ने छुट दिन लागिएको हो?

अब चुप लाग्ने समय होइन। अब प्रश्न उठाउने समय हो।
पत्रकारितामाथि प्रहार, लोकतन्त्रमाथि प्रहार हो।

✍️ सम्पादकीय डेस्क — 

 

LEAVE A REPLY