कांग्रेस र एमाले प्रति आक्रोशित हुदै प्रचण्डको व्यङ्ग्य- काले काले मिलेर खाऊँ भाले!’

0
9

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  कांग्रेस र एमाले प्रति आक्रोशित हुदै दरिलो व्यङ्ग्य प्रहार  गरेका छन्।शनिवार काठमाडौको माछापोखरी  बसन्तनगर स्थित अनुपम पार्टी प्यालेसमा पार्टीको नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकार  काले काले मिलेर खाऊँ भनी व्यङ्ग्य गरेका हुन् ।   उनले कांग्रेस र एमालेलाई विचौलिया र कमिसन खोर दलाल पुजीवादीको साठ गाठमा भष्टचाारीको संरक्षण गर्न बनेको आरोप लगाएका छन् ।बंगलादेशमा शेख हसिनाको पार्टीले दुई तिहाइ मत ल्याएको  उदाहरण  दिदै दाहाले भने  के गर्‍यो दुई तिहाइले जनभावना विपरीत काम  गर्ने बित्तिकै  त्यस्ता दुई तिहाइ जनताले ठेगान लगाउने चेतावनी दिए छन्। भ्रष्टाचारविरुद्ध  निर्मम भई कडा रूपमा  सरकारले एकपछि अर्को फाइल खोल्देै  जनतामा प्रत्याभूति हने गरि सरकारले सुशासन, सामाजिक न्याय  र समृद्धिको  निम्ति कार्यक्रम अघि बढाउँदै जाँदा दलाल ब्यापारी घूसखोरी  बिचौलियाहरूको होस गुमेको  कुरा उल्लेख गर्दे  दाहाले  भने `३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरू सरकार हटाउनतर्फ लागे  बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया ब्यापारी  र कमिसनखोरहरुले ती दलहरूलाई आफ्नो प्रतिनिधिको रूपमा सिँगार पटार गरेर पठाएका प्रति दाहालले कडा रूपले आक्रोश पोखे।

सरकारबाट बाहिरिँदै गर्दा एउटा  विजेताको रूपमा आफूलाई उभ्याएको र आफू कुनै पनि  काण्ड नमुछिएको बरु कयौँ काण्डका फाइलहरू खोलेर जनता माझ नैतिक जनबलको नयाँ  अभियानको सुरु गरेको उनको दाबी छ।

आफ्नो नेतृत्वको सरकारले  लोडसेडिङमुक्त गराएर उज्यालो नेपाल बनाएको स्मरण गराउँदै उनले अँध्यारोमा बस्दा भ्रष्टाचार बढी गर्न चाहनेहरूलाई उज्यालो नेपाल मन नपरेकाले   सडक संघर्ष बाट यसको फेैसला अब जनताले गर्ने उनले बताएका छन् ।

 

 

LEAVE A REPLY