
कागेश्वरी मनोहरा नगरपालिका बस्ने, होमबहादुर फौजामगरको हत्या आरोपमा तीनजना पक्राउ ।


काठमाडौ , कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने होमबहादुर फौजामगरको वीभत्स हत्या भएको छ।
पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका-५ स्थायी घर भइ हाल बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर,सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ स्थायी घर भइ हाल बुढानिलकण्ठ -१० बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम माइ नगरपालिका -२ का हाल गोकर्णेश्वर -६ नयाँबस्ती बस्ने २७ वर्षीय बिमला भट्टराई रहेको प्रहरीको अनुसन्धान बाट खुुलेको छ।