काठमाडौँको – गोकर्णेश्वर नगरपालिकाले गर्यो स्थानीय पाठ्यक्रको स्थलगत अवलोकनको थालनी।

काठमाडौँको – गोकर्णेश्वर नगरपालिकाले गर्यो स्थानीय पाठ्यक्रको स्थलगत अवलोकनको थालनी।

0
12

 

शुक्रवार नगर प्रमुख दिपक रिसालले कार्यक्रमको शुभारम्भ गर्दै गोकर्णेश्वर नगरपालिका स्थानीय पाठ्यक्रमको स्थलगत अवलोकन कार्यक्रम लागू गर्ने नेपालकै पहिलो नगरपालिका भएको बताएका छन् ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गोकर्णेश्वर महादेव मन्दिरको प्रांगणमा एक कार्यक्रम आयोजना गरि स्थलगत अवलोकन कार्यक्रमको शुभारम्भ गरेको हो ।

गोकर्णेश्वरले २०७६ सालमा नेपालमै पहिलो पटक स्थानीय पाठ्यपुस्तक तयार गरेको थियो । उसले कक्षा १ देखि ८ कक्षा सम्मका स्थानीय पाठ्यपुस्तक तयार गरि लागू गरेको छ भनें कक्षा १ को डिजिटल पाठ्यपुस्तक समेत तयार गरेर नगरपालिकाका सबै विद्यालयहरुमा लागु  गरिसकेको छ ।

शुक्रबार विद्यार्थीहरुलाई गोकर्णेश्वर मन्दिरको बारेमा पाठ्यपुस्तकमा पढाइने मन्दिर क्षेत्रको स्थलगत अवलोकन गराईएक थियो । उक्त कार्यक्रममा १४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।

विद्यार्थीहरुलाई मन्दिरको ऐतिहासिकता तथा धार्मिक, सांस्कृतिक महत्वबारे जानकारी गराइएको थियो । थलगत अवलोकन कार्यक्रम शुभारम्भको अवसरमा १४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विषय शिक्षकले सहभागिता रहेको थियो  ।

विद्यार्थीको ज्ञान, सीप र क्षमतामा थप विकास गर्ने उद्देश्यले  स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनको स्थलगत अवलोकन थालिएको नगर प्रमुख रिसालले बताएका छन् ।

नगरपालिका भित्र सञ्चालित पेशा, व्यवसाय, धार्मिक तथा पर्यटकीय स्थलबारे विद्यार्थीलाई दृश्य मार्फत सिकाउने उद्देश्यले स्थलगत अवलोकन कार्यक्रम थालिएको हो । शिक्षा क्षेत्रलाई प्रविधिसँग विस्तार गर्ने कार्यक्रम समेत नगरपालिकाले गर्दै आएको छ ।

 

LEAVE A REPLY