
काठमाडौ बाट पोखरा तर्फ गइरहेको बस तनहुँमा दुर्घटना ।


पोखरा । काठमाडौँबाट पोखरा तर्फ गइरहेको ना ५ख ४३८४ को यात्रु बोकेको बस आज बिहान तनहुँमा दुर्घटनामा परेको छ । बसमा रहेको यात्रु मध्य ६ जना यात्रु घाइते भएका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान ३ः४० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ट्राफिक पोष्टस्थित पृथ्वी राजमार्गमा न.को बस दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भइ सडकको नालामा खसेको तनहुँ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायले जानकारी दिए ।
घाईते हुनेमा पोखरा -२३ कि ३० वर्षीया सुनिता सुनार र ५ वर्षीय रेशम सुनार, पोखरा-३२ की २५ वर्षीया संगीता तिवारी र २८ वर्षीय सन्दीप तिवारी, धादिङ ज्वालामुखी-७ की १० वर्षीया सुरक्षा कंडेल र ३८ वर्षीय टेकनाथ कंडेल छन्। दुर्घटनाको थप अनुसन्धान भेैरहेको प्रहरीले जनाएको छ ।