
काठमाडौ महानगरले पठाएको जरिवाना पत्र एमालेले बुझ्न मानेन।


नेकपा एमाले पार्टी केन्द्रीय कार्यलय च्यासल पुगेको काठमाडौं महानगरपालिकाको टोलीले एक लाख जरिवाना पत्र बुझाउन खोज्दा शो पार्टीले पत्र बझ्न अस्वीकार गरेको छ।
एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।
शुक्रबार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले महानगर संग आग्रह गरेको छ।