
काठमाडौ महानगर सोह्र अब आफ्नै भवनमा।

काठमाडौँ —काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।
उपप्रमुख डंगोलले समृद्ध वडा निर्माणका लागि वडाअध्यक्षका पमा स्वर्गीय रिजालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । “सबै एकजुट भएर समृद्ध वडा निर्माण गर्नसकेमात्र स्व रिजालप्रति उच्च श्रद्धाञ्जली हुनेछ”, उनले भनिन्। उपप्रमुख डंगोलले स्पष्ट वक्ता र निर्भिक व्यक्ति रिजालको अभाव वडामात्र नभई काठमाडौँ महानगरपालिकाभित्र खड्किरहेको उल्लेख गरिन्
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सहमति सहकार्य र एकताको साथ अगाडि बढेमात्र समृद्ध वडा र समृद्ध महानगर निर्माण हुने बताए । उनले आफू प्रमुख हुँदा नै सबै वडामा सुविधासम्पन्न वडा भवन निर्माण गर्ने लक्ष्य लिएको स्मरण गर्दै उक्त लक्ष्य क्रमशः पूरा हुँदै गएकोमा खुशी व्यक्त गरे ।
२०७६ सालमा काठमाडौँ महानगरपालिकाले विष्णुमति करिडोरस्थित चमतीमा एक रोपनी चार आना जग्गा खरीद गरी विस २०७८ साउन ३० गते शिलान्यास गरेको काठमाडौँ महानगरपालिका वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले जानकारी दिए । भूमिगत पार्किङसहित छ तला रहेको उक्त भवन तीन हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । उक्त भवनको कार्यादेश रकम सात करोड ५३ लाख २२ हजार रहेको छ ।