
काठमाडौ १६-मा रोचक चुनाबी भिडन्त।

काठमाडौँ । आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचन निकै रोचोक
हुने देखिएको छ।
ठुलो जनसंख्या र मतदाता रहेको वडा नम्बर १६ को उपनिर्वाचनलाई सहरी क्षेत्रको जनमत बुझ्ने ‘मिनी जनमतसंग्रह’को रूपमा लिइएको छ । सबै दलहरूले यो उप निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् गत बर्ष यहीँ वडाका अध्यक्ष मकुन्द रिजालको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवार मात्रै १० जना रहेका छन् ।आयोगका अनुसार एमालेबाट लक्ष्मीरत्न मानन्धर, कांग्रेसबाट देवेन्द्र पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ, राप्रपाबाट श्याम कृष्ण श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट मीन बहादुर मानन्धर, नेमकिपाबाट न्हूज महर्जन, राप्रपा नेपालबाट राजकुमार थापा र जनता समाजवादी पार्टीबाट सानु मैया राउत क्षेत्री पुतुवार रहेका छन् ।