
“कानुन व्यवसायीको मैदानमा ‘पावरफुल गेम’ – रामेश्वर भण्डारी निर्विरोध अध्यक्ष”


नुवाकोटमा RPLAN को नयाँ नेतृत्व चयन, अध्यक्षमा अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट, असार २७ –
गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संघ नेपाल (RPLAN) नुवाकोटको नेतृत्वमा नयाँ टिम चयन गरिएको छ। अधिवक्ता रामेश्वर भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरिएको हो।
नुवाकोटको अनुपम दरबार पार्टी प्यालेसमा सम्पन्न भेलामा राष्ट्रिय तथा स्थानीयस्तरका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय हितबहादुर तामाङ सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा संविधानसभा सदस्य एवं कानुन न्याय तथा मानव अधिकार समिति सभापति माननीय विमला सुवेदी, प्रदेशसभा सदस्य राधिका तामाङ, जिल्ला पार्टी इञ्चार्ज हिरानाथ खतिवडा, तथा जिल्ला अध्यक्ष पुष्प लामिछाने (अरुण) लगायत नेताहरूले नवगठित समितिलाई बधाई ज्ञापन गरे।
कार्यक्रममा RPLAN केन्द्रीय सचिवालय सदस्य कृष्ण पोखरेल, नुवाकोट बारका पूर्वअध्यक्षहरू राजाराम थपलिया र शम्भु नेपाल लगायत थुप्रै कानुन व्यवसायीहरूको उपस्थिति थियो।
कार्यसमितिको सूची यसप्रकार रहेको छः
- अध्यक्ष: अधिवक्ता रामेश्वर भण्डारी
- उपाध्यक्ष: अधिवक्ता रुद्र ढुङ्गेल
- सचिव: अधिवक्ता सुक सागर तामाङ
- सह-सचिव: अधिवक्ता प्रभु शरण खतिवडा
- कोषाध्यक्ष: अधिवक्ता बेनार्जन ढुङ्गाना
- सदस्यहरू:
- अधिवक्ता ज्ञान प्रसाद गजुरेल
- अधिवक्ता मनिषा पाण्डे
- अधिवक्ता ज्ञानी तामाङ
- अधिवक्ता निर्मला पौडेल
नयाँ कार्यसमिति गठनसँगै संस्थाको उद्देश्यहरूलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ। कानुन क्षेत्रको सशक्तिकरण र न्यायको पहुँच विस्तार गर्न RPLAN नुवाकोटले स्थानीय तहसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।