
कास्की प्रहरीले ५१ जना बिरुद्ध मुद्दा चलाउन रायसहित सरकारी वकिल कार्यालयमा बुझायो प्रतिवेदन।


काठमाडौँ । विभिन्न सहकारीको पैसा दुरुपयोग गरेको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने सहित कास्की प्रहरीले ५१ जना बिरुद्ध मुद्दा चलाउन रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। तर मंगलबार मुद्दा दर्ता हुने या नहुने भन्नेमा अनिश्चित देखिएको छ। कास्की प्रहरीले मुद्दा चलाउन रास्वपाका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि राय सहित प्रतिवेदन दिएको डिएसपी बसन्त शर्माले जानकारी दिए।
उनका अनुसार सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले राय दिएको बताए ।‘पक्राउ परेकादेखि पक्राउ गर्न बाँकी रहेका सबै गरी ५१ जनालाई प्रतिवादी बनाएर हामीले प्रतिवेदन बुझाएका छौं,’ उनले भने।