केही समय भित्र दुर्गा प्रसाईं काठमान्डौ झर्दै।

0
18
काँकडभिट्टा —नेपाल   प्रहरीको विशेष ब्युरोको टोलीले राजाबादी आन्दोलनकाका   मुख्य  कमान्डर    दुर्गा प्रसाईंलाई विमानस्थल लगिदै छ। उनलाई केहीबेरमा बुद्ध एयरको विमान बाट  काठमाडौं पठाउने तयारी रहेको उनका निकटतम स्रोत जानकारी आएको छ।   राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा लुकेर बसेका थिए।

 उक्त प्रदर्शनमा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनाम ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।

काठमाडौंमा उत्पाद मचाएर उत्तरप्रदेश प्रयागराजमा फेेला परेपछि उनलाई प्रहरीको बिशेष ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो

LEAVE A REPLY