क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्यो देशभर जनसम्बन्ध विस्तार अभियान।

काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट संचालन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस, कोण सभा लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
अभियान टोली नेपाल– भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको धनकुटाको सिंधुवामा माइकिङ् ,जुलुश प्रदर्शन र कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई पार्टीका केन्द्रीय सदस्य दिल्ली बोहोरा र क्रान्तिकारी किसान महासंघका सचिवालय सदस्य बालकृष्ण सुवेदीले सम्बोधन गर्नु भएको थियो । सम्बोधन गर्दै बोहोराले अग्रगामी परिवर्तन बिना अहिलेको देशको संकट समाधान नहुने बताउनु भयो, सुवेदीले किसानहरुको संघर्षमा नउठिकन देश र जनताको मुक्ति नहुने बताउनु भयो । उक्त कोणसभालाई पार्टीका केन्द्रीय सदस्य अनु निरौला सञ्चालन गर्नु भएको थियो । त्यसैगरी धनकुटा जिल्लाको छ थर गाउँपालिका–२ जोरपाटी बजारमा कोणसभा सम्पन्न भयो ।कोण सभालाई पार्टीका पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवेदी अटलले सम्बोधन गर्नु भयो ।
सम्बोधनका क्रममा वहाँले “नेपालमा धेरै पार्टीहरु भएपनि जम्मा तीन प्रकारका पार्टी छन् – पश्चगामी , यथास्थितिवादी र अग्रगामी क्रान्तिकारी । पश्चगामी राजावादीहरुलाई नेपाली जनताले देखि भोगिसकेका छन् , अब राजतन्त्र ल्याउन खोज्नुको पनि कुनै अर्थ छैन । त्यसरी नै नेपालको राजनीतिमा यथास्थिितिवादी पार्टीहरु नेपाली कांग्रेस ,एमाले र माओवादी केन्द्रहरु परिक्ष्ण भइसकेका छन् र उनीहरु असफल भइसके । नेपाली जनतालाई मिसन चौरासीको भ्रम दिइरहेका छन् । चौरासीको चुनावको लगत्तै फेरि मिशन उनान्नब्बेको भ्रम दिन शुरु गर्नेछन् । आफैले बनाएको संविधान काम नलाग्ने भयो भनेर संशोधन गर्ने भनेर अहिलेको सरकार गठन भएको हो। संविधान संशोधन गर्न पनि सकेका छैनन् । यथास्थिितिवादीहरु पुरै असफल भैसकेपछि देश र जनताका अगाडि एउटा मात्रै विकल्प अग्रगामी क्रान्तिकारी रुपान्तरण हो। त्यो परिवर्तनको नेतृत्व गर्ने पार्टी क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल हो । त्यसैले यो अभियानमा हामीले आम जनतालाई यो क्रान्तिकारी धाराको परिचय जनतालाई दिने उद्देश्य राखेका छौं ।” कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटव्यूरो सदस्य सुरेन्द्र भण्डारीले गर्नु भएको थियो । त्यसपछि अभियान टोली जोरपाटीबाट तेलियातर्फ अगाडि बढ्यो । अभियान टोलीले तेलियामा वाल पेन्टिङ पर्चा वितरण लगायतका कार्यक्रम ग¥यो ।
अभियान टोली धनकुटा सदरमुकाममा पुगेको छ ।
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले मोरङको बिराटचोकमा कार्यक्रम सम्पन्न गरेको छ । सातौं दिन अर्थात चैत्र १० गते १६ नम्बर ब्युरो इन्चार्ज कमरेड सुरेन्द्र भण्डारीको घरमा उहाँको आमा ९क्यान्सरको उपचार गराइरहनुभएको० र बुबालाई परिवारसँग भेटघाट गर्ने काम अभियान टोलीले ग¥यो । सलकपुरमा भित्तेलेखन गरी सुन्दरहरैचा नगरपालिका–१० बिराटचोकमा कोणसभा ग¥यो । सभाको संचालन नर्सिङ फुयाँलले गर्नुभएको थियो भने कोणसभामा अभियानबारे बिषय केन्द्रिय अभियान टोली सदस्य बाबुराम सुबेदीले राख्नुभयो । मोरङको केराबारी गाउँपालिका–१०को केराबारी बजारमा कोणसभा कार्यक्रमको संचालन रोशनले गर्नुभयो । गीत नारायण शर्मा र राधा खतिवडाले गाउनु भयो भने अभियानबारे बिमल निरौलाले विचार व्यक्त गर्नु भयो। सहिद दूर्गाराज राईको परिवारसँग अभियान टोलीले भेट गर्नुका साथै बिराटनगर महानगरपालिका–२ पुष्पलाल चोकमा कोणसभा सम्पन्न ग¥यो । सभालाई स्थायी कमिटी सदस्य हरिभक्त कंडेल प्रतिकले सम्बोधन गर्नुभएको थियो । प्रतिकले देश अभूतपूर्व संकटबाट गुज्रिरहको बताउँदै संकटको समाधान क्रान्तिमात्र भएको बताउनु भयो । केही मानिस र केही पार्टीहरुले यथास्थिवादी तरिकाबाट संकटको समाधान खोजेका छन् तर त्यो सम्भव छैन । संघीय जनस्थापना नगरीकन जनताले मुक्ति पाउँदैन । हिजोको माओवादी युद्धको क्रान्तिकारी विरासतलाई हाम्रै पार्टीले निरन्तरता दिँदैछ । हामीलाई आलोचना सल्लाह सुझाव र सहयोग दिनुस भनेर जनताको घर आँगनमा आइरहेका छौं भन्नुभयो ।
साँस्कृतिक प्रस्तुति नारायण शर्माले दिनु भयो । सभाको संचालन पार्टीको वैकल्पिक केन्द्रीय सदस्य अप्सरा निरौलाले गर्नुभएको थियोे ।
त्यसैगरी जन सम्बन्ध विस्तार अभियानको अर्को टोली भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १० कैलाली जिल्लाको धनगढी ,फूलबारी ,हसुलिया र मसुरियामा कोण सभा ,जनभेटघाट लगायतका कार्यक्रम गरेको छ ।
धनगढी उपमहानगरपालिकाको शहिद गेटमा कोणसभा सम्पन्न गरेको छ। कोणसभालाई अभियान टोलीका सदस्य तथा पिबिएम अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको छ। प्रचण्डले नेतृत्व गरेको हिस्सा प्रतिक्रियावादी कित्तामा समाप्त भएपनि हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेपालको क्रान्तिकारी आन्दोलनलाई उचाइमा पुर्याउने संकल्प लिएको बताउनुभयो। कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो भने बजारमा ब्यापक पर्चा वितरण भएको छ।
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका –११ को डोकेबजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभा हुनुभन्दा अगाडि सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिन्दावाद जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो। उक्त कोणसभालाई सम्बोधन पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुख कृष्णराज पौडलले गर्नु भएको थियो। राज्यले आफ्ना नागरिकलाई न्याय, सुरक्षा र समानताको प्रत्याभूति दिन सक्नु पर्दछ। खाद्य सुरक्षाको ग्यारेण्टी समेत गर्न सकेको छैन्। राज्य ठेकेदार, माफिया र तस्करहरु को आश्रयस्थल बनेको छ भन्दै यो संसदीय व्यवस्था को गुण भएकाले यो व्यवस्थाबाट नेपाली जनताको मुक्ति संभव न भएको बताउनु भयो। डोकेबजार बजार कैलाली जिल्लाको गौरीफन्टा नाका ९त्रिनगर भन्सार नाका ० संग जोडिएको बजार हो। ९ भारत को दुधवा नेशनल पार्क संग जोडिएको छ ।
कोणसभालाई २ नम्बर व्यूरो सचिव कमरेड रामबहादुर के सी ९डायमण्ड०ले सञ्चालन गर्नु भएको थियो। सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम सिपि शर्माले गर्नु भएको थियो। देशमा भ्रष्टाचार, कुशासन र संसदवादी दलहरुलको कारणले देश गम्भीर प्रकारको संकटमा फसेको छ। जनताको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने विषयमा दलहरुलाई चासो छैन। उनीहरुको सम्पुर्ण गतिविधि चुनाव केन्द्रित छ र कसरी सत्तामा पुग्न सकिन्छ भन्ने चिन्ता छ। तसर्थ यी दलहरुबाट देशले निकास पाउन सक्ने अवस्था छैन। यो संभावना राजतन्त्रको पुनःस्थापनाले पनि पुरा गर्न सक्दैन। यथास्थितिवादी र प्रतिगमनकारी को विकल्प अग्रगामी कार्यदिशाबाट नै देशले निकास पाउन सक्छ भन्नुभयो।
धनगढी उपमहानगरपालिका १८–१९ को फुलवारी ९पच्चीस घर बजार कैलाली जिल्लाको कोणसभालाई अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले मन्तब्य राख्नु भएको थियो। उहाँले जनभावनाको कदर गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एउटा उचाईमा पुर्याउने ईतिहासको जिम्मेवारीलाई हामीले ईमान्दारिता पुर्वक पुरा गर्ने हाम्रो दायित्व हो भन्नु भएको थियो।
कैलारी गाउँपालिका –१ को हसुलिया बजार, कैलालीमा अभियान टोलीले पर्चा वितरण गर्नुका साथै अभियान टोली सदस्य तथा पिबिएम कमरेड नारायण योगीले मन्तब्य राख्नु भएको थियो। कृषिमा राज्यले दुइ प्रतिशत पनि वजेट विनियोजन गर्ने गरेको छैन। किसानहरु लाई मल, बिउ र प्राविधिक सहयोगको विषयमा राज्यले ध्यान दिएको छैन। अचम्मको कुरा ता कृषि प्रधान देशमा कृषकहरूलाई सम्मान समेत गरिदैन भनेर खेद प्रकट गर्नु भएको थियो।
कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र भजनी नगरपालिका –१ भजनी बजार को भजनी चोकमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई कैलाली जिल्ला सचिव रुद्र कडेलले सम्बोधन गर्नु भएको थियो। व्यवस्था परिवर्तन भएपनि जनताको जीवनस्तरमा खासै परिवर्तन भएको छैन। शासकहरूले र उनका मतियारहरुले प्राकृतिक स्रोत साधन को दोहन गरेर आफ्नो अवस्थामा परिवर्तन ल्याएका छन्। नेपाली जनताले कहिले सम्म धोका खाने भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको झन्डामा गोलबद्ध हुन आह्वान गर्नुभएको थियो। बजार क्षेत्रमा कोणसभा सञ्चालन हुनुभन्दा पहिले नाराजुलुस सहित पर्चा वितरण पनि गरिएको थियो।
घोडाघोडी नगरपालिका–१ मेनरोड सुखड, कैलालीमा प्रचा वितरण पछि कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा १ नं व्यूरो ईन्चार्ज कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो। यो व्यवस्था नै खराब र भ्रष्ट भएपछि यो वा त्यो पात्रलाई सत्ताको प्रमुख बनाएर हाम्रो समस्या समाधान हुन सक्दैन। र योगी आदित्य नाथको फोटो देखाएर नेपाललाई हिन्दूराष्ट्र वनाउन खोज्ने, हिन्दु अधिराज्यको स्थापना गरेर राजतन्त्रको पुनःस्थापना गर्ने र फेरी पनि सुनिता विनिता काण्ड घटाउदै, प्रबिण गुरुङलाई लेखटी लेखटी मार्ने र सत्ताको आडमा लुटतन्त्र र वाक स्वतन्त्रता सक्ने निरंकुश पञ्चायतको पुनरावृत्ति गर्न खोजेको हो रु हामी यो हुन कदापी दिने छैनौ र हाम्रो पार्टी यस्ता प्रकारका यथास्थितिवादी प्रवृत्तिको डटेर सामाना गर्ने छ भन्नु भयो। कोणसभा को सञ्चालन अभियान टोली सदस्य अम्बिका मुडभरीले गर्नु भएको थियो।घोडाघोडी –४ गैडाखेडामा अभियान टोलीले खाना खाएर गाउँमा विकेन्द्रित भएर वास वसेको छ।
त्यस्तै अर्को टोली नेपाल –भारत सिमाना बैतडीको झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको छ । टोलीले डोटीको शिलगडीमा पत्रकार सम्मेलन सम्पन्न ग¥यो । पत्रकार सम्मेलमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय अभियान टोलीका प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेपालमा राजतन्त्र स्थापनाको कुनै सम्भावना नरहेको भन्दै कतिपय मानिसहरु राजतन्त्रको नारा लगाएर सडकमा कराए पनि इतिहासको गति पछाडि नफर्किने बताउनु भयो ।
नेपालको दलाल पुँजीपति व्यवस्थामा ठूलो संकट उत्पन्न भएको भन्दै सुदर्शनले अव यो व्यवस्था अन्त भएर जनवाद–बैज्ञानिक समाजवाद स्थापना नभएसम्म मुलुकको अवस्था नफेरिने उल्लेख गर्नु भयो । वर्तमान सत्ताका मालिकहरु नेपाली अनुहारका विदेशी कठपुतली भएकोले यिनीहरुबाट देशको प्रगति नहुने बताउदै सुदर्शनले केपी, प्रचण्ड, देउवा जो भए पनि सबै दलाल पुँजीवादका संरक्षक र विदेशीका गोटी भएको स्पष्ट गर्नु भयो ।
नेपालको सरकार विदेशी र दलाल पुँजीपतिहरुले बनाउने गरेकोले यस्तो सरकारमा रहेकाहरुको काम राज्यको सम्पत्ति लुट खसौट गर्नेबाहेक अरु केही नभएको दाबी गर्दै तपाईहरु पनि सरकारमा पुगेपछि अरु पार्टीहरु भन्दा फरक के काम गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा सुदर्शनले आफ्नो पार्टी सरकारमा जाने उदेश्यले नभई राज्यसत्ताका ६ वटै अंगहरु बदल्ने उदेश्यले क्रान्तिकारी आन्दोलन अगाडि बढाईरहेको बताउनु भयो । अरु पार्टीहरु जस्तो सत्ता भागबण्डाको लागि पार्टी एकता गर्ने नभई क्रान्तिकारी विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता, सहकार्य , कार्यगत एकता गर्न सकिने भन्नुभयो ।
नेपालमा भित्रिएको नोकरशाही दलाल पुँजीवादले कुनै पनि हालतमा नेपाली पुँजीको विकास हुन नदिने भन्दै सुदर्शनले लघुवित्त, सहकारीहरुले जनताको घरवास उठाएकोले आफ्नो पार्टी जनसंघर्षका ठोस कार्यक्रमहरु अगाडि बढाउने भन्नु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डोटीकोे अयोजनामा डोटीमा आयोजित पत्रकार सम्मेलनमा ‘जनसम्बन्ध विस्तार अभियान’ टोलीका सदस्यहरु केवी गुरुङ, लालबहादुर जाग्री, रामबहादुर चौधरी, धनेश्वर पोख्रेल, हरि सुवेदी, डम्बर विष्ट लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण निलम ओली धुव्रले गर्नुभएको थियो । डोटीमा रहेको सुदर्शन नेतृत्वको टोलीले डोटी दिपायलको पिपल्लामा कोणसभा गरेको छ । सभामा पोलिटव्युरो सदस्य केबी गुरुङ र रामबहादुर चौधरीले सम्बोधन गर्नु थियो । ज

नेपालमा भित्रिएको नोकरशाही दलाल पुँजीवादले कुनै पनि हालतमा नेपाली पुँजीको विकास हुन नदिने भन्दै सुदर्शनले लघुवित्त, सहकारीहरुले जनताको घरवास उठाएकोले आफ्नो पार्टी जनसंघर्षका ठोस कार्यक्रमहरु अगाडि बढाउने भन्नु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डोटीकोे अयोजनामा डोटीमा आयोजित पत्रकार सम्मेलनमा ‘जनसम्बन्ध विस्तार अभियान’ टोलीका सदस्यहरु केवी गुरुङ, लालबहादुर जाग्री, रामबहादुर चौधरी, धनेश्वर पोख्रेल, हरि सुवेदी, डम्बर विष्ट लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण निलम ओली धुव्रले गर्नुभएको थियो । डोटीमा रहेको सुदर्शन नेतृत्वको टोलीले डोटी दिपायलको पिपल्लामा कोणसभा गरेको छ । सभामा पोलिटव्युरो सदस्य केबी गुरुङ र रामबहादुर चौधरीले सम्बोधन गर्नु थियो । अभियान टोलीले सेती पुल वारी पारी वालपेन्टीङ गरेको छ ।