खण्डकाव्यकार ध्रुव पण्डित `ध्रुवतारा´द्वारा लिखित खण्डकाव्य `अनमोल कृतिमाला ´द्वितीय भागको आज लोकार्पण।

0
10

खण्डकाव्यकार ध्रुव पण्डित `ध्रुवतारा´द्वारा लिखित खण्डकाव्य `अनमोल कृतिमाला ´द्वितीय भागको आज लोकार्पण भएको छ । नयाँ बसपार्कस्थिति सामुदायिक प्रहरी सेवाको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य हरिश्चर शाह हुनुहुन्थ्यो । कार्यक्रम उपस्थित अतिथिहरू अधिबक्ता रामेश्वर भण्डारी , राजनीतिक व्यक्तित्व माधव तिमल्सिना , श्यामराज पाठक , ईश्वर रिजाल सुशील , वरिष्ठ निर्देशक राज बहादुर साने , दिनेश लामिछाने , कलाकार / गीतकार मोहन घिसिङ कुमार निरौला लगायतले पुस्तक लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमको सन्चालन चर्चित कलाकार घनश्याम तिमल्सिना एन्टिना , नाटय कलाकार सरस्वती दाहाल र साहित्यकार पार्वती अधिकारी कार्कीले संयुक्त रूपमा गर्नुभएको थियो ।  कार्यक्रम राजनीतिक व्यक्तित्व राजकुमार पण्डित , केशर सिटौला लगायतले शुभकामना दिएका थिए । कार्यक्रम बोल्दै प्रमुख अतिथि शाहले साहित्यले भौगोलिक रूपमा मात्र नभै आत्मिक रूपमा समेत एक हुन सन्देश दिने बताउनु भयो । यस्तै लेखक पण्डित धेरै संघर्ष प्रस्चात कृति निकाल्न सफल भएको बताउनु भएको थियो । कार्यक्रममा मोहन घिसिङले गीत , पार्वती घिमिरे पौडेलले सुसेली र पार्वती अधिकारी कार्कीले कविता वाचन गरेको थिए ।
साहित्यकार पण्डितले प्रकाशित गरेको पुस्तकको मूल्य २५० रहेको छ ।

LEAVE A REPLY