गंगानारायण श्रेष्ठ पुनः माओवादीमा, १० वर्षपछिको ‘कमब्याक’।

0
11

गंगानारायण श्रेष्ठ पुनः माओवादीमा, १० वर्षपछिको ‘कमब्याक’

काठमाडौँ, १२ जेठ २०८२ — लामो समयसम्म विभिन्न वामपन्थी दलहरूमार्फत राजनीतिमा क्रियाशील रहेका गंगानारायण श्रेष्ठ फेरि एकपटक माओवादी आन्दोलनमै फर्किएका छन्। सोमबार ललितपुरको ग्वार्कोमा आयोजित एकता सभामार्फत उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएका हुन्।

श्रेष्ठले हालसम्म विभिन्न मोर्चाहरूमा भूमिका निर्वाह गर्दै आएका थिए। पछिल्लो चरणमा उनी नेपाल समाजवादी पार्टी (नेसपा) का सह–अध्यक्ष थिए। अब माओवादी केन्द्रमा सचिवको जिम्मेवारीसहित फर्किएका छन्।

२०७२ सालमा संविधान जारी भएपछि डा. बाबुराम भट्टराईसँगै माओवादी पार्टी परित्याग गरेका श्रेष्ठले ‘नयाँ शक्ति’ अभियानमा सहभागिता जनाएका थिए। त्यसपछिका केही वर्ष उनी भट्टराई नेतृत्वका पार्टीहरूमा महत्वपूर्ण भूमिकामा रहे।

२०७९ मा भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्दा श्रेष्ठ सह–अध्यक्ष बनेका थिए। माओवादीसँग एकताको सम्भावनाबारे बेलाबेलामा प्रयास गरिरहे पनि भट्टराई पछि हटेपछि श्रेष्ठले अर्का अध्यक्ष महिन्द्र राय यादवसँग सहकार्य जारी राखेका थिए।

तर, पार्टी एकता प्रक्रियाले लामो समय लगाएपछि अन्ततः श्रेष्ठले जेठ ११ गते नेसपाको नयाँ संरचना बनाएर माओवादी केन्द्रसँग औपचारिक एकता गरेका हुन्। ५ बुँदे सहमतिमा आधारित उक्त एकता माओवादी आन्दोलनको नयाँ अध्यायका रूपमा हेरिएको छ।

LEAVE A REPLY