
गधाको जूनी लिएर जन्मेपछि देशको भारी उठाउने मन लाग्छ” — मेयर हर्क साम्पाङको भावुक अभिव्यक्ति


“गधाको जूनी लिएर जन्मेपछि देशको भारी उठाउने मन लाग्छ” — मेयर हर्क साम्पाङको भावुक अभिव्यक्ति।
धरान, ३१ जेठ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पुनः सामाजिक सञ्जालमार्फत आफ्नो भावुक र प्रेरणादायी अभिव्यक्तिका कारण चर्चामा आएका छन्। सामाजिक सञ्जाल फेसबुकमा राखिएको उनको पछिल्लो स्टाटसले फेरि एकपटक देशप्रेम, इमानदारी र कठोर परिश्रमप्रतिको उनीको प्रतिबद्धता झल्काएको छ।
साम्पाङले लेखेका छन्,
“यो रात लामो कि निद्रा छोटो हो…? ब्युँझिएको ३ घण्टा भयो उज्यालो हुँदैन ! कति खेर उज्यालो हुन्छ र ढुङ्गा बोक्न जाऊँ लाइराछ ! गधाको जूनी लिएर जन्मे पछि यस्तै हुने रैछ देशको भारी उठाउन मन लाइरने !”
यो भावनात्मक अभिव्यक्तिले उहाँको कर्मशील जीवनशैली, धरानको विकासमा समर्पित योगदान र देशका लागि केही गर्न चाहने अठोटलाई पुनः एकपटक उजागर गरेको छ।
मेयर हर्क साम्पाङ, जसले नगरपालिकाको नेतृत्व लिई आफ्नो कार्यशैली, पारदर्शिता र इमानदार प्रयासमार्फत जनता माझ लोकप्रियता कमाएका छन्, दिनरात नभनी काममा जुटिरहेकै छन्। ढुङ्गा बोकेर खानेपानी ल्याउनेदेखि सडक निर्माणसम्मको जिम्मा आफैंले लिँदै आएका साम्पाङको जीवनशैलीले नेताहरू कसरी जनताको सेवामा समर्पित हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिरहेको छ।
उनको “गधाको जूनी लिएर जन्मेपछि देशको भारी उठाउन मन लाग्छ” भन्ने भनाइ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले यो भनाइलाई नेता बन्नेहरूको आदर्श मापदण्डका रूपमा व्याख्या गरेका छन्।
जनताको आवाज, जनताको सेवा भन्ने नारालाई व्यवहारमा उतार्न सफल यी जनप्रिय मेयरको समर्पण हेर्दा धरान मात्र होइन, देशभरकै स्थानीय सरकार प्रमुखहरूका लागि एउटा प्रेरणाको स्रोत बन्न पुगेका छन्।