
गुड टिभीकी सञ्चालिका चर्चित युट्युबर गंगा लामा पक्राउ ।


काठमाडौं । गुड टिभीकी सञ्चालिका युट्युबर गंगा लामालाईप्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको साइबर ब्यूरो स्रोतले जनाएको छ । ।
लामाले केहीदिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने सामग्री प्रशारण गरेकी थिइन् । मोरङको मिक्लाजुङ गाउँपालिका–६ घर भएर काठमाडौं बस्ने लामालाई प्रहरीले विद्युीत्तय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो ।सोही उजुरी छानबिनका लागि लामालाई पक्राउ गरिएको हो । उनलाई बुधवार अदालतबाट म्याद लिई अनुसन्धान सुरु गर्ने तयारी गरिएको थियो।
सामाजमा देखा परेका हरेक धटनाको सत्यतथ्य चिरफार गर्दै आएकी चर्चित अभियन्ताका रूपमा चर्चा बटुलेकी युटुबर गंगा लामालाई अनुसन्धानमा सघाउने शर्तमा प्रहरीको साइबर व्यूरोले आफन्तको जिम्मा लगाएकामा आज फेरि उपस्थित गराउने भएको छ ।
मंगलबार बेलुका प्रहरीले आफन्तको जिम्मा लगाएको थियो । साइबर व्यूरोका प्रवक्ता दिपक राज अवस्थीले प्रारम्भिक छलफल गर्दा लामालाई थुनामै राख्नु पर्ने अवस्था नदेखिएको र फेरि उपस्थि हुने गरी हिजो बेलुका आफन्तको जिम्मा लगाइएको बताए ।