गोकर्णेश्वरमा कुखुरा पालन गर्ने महिलामाथि धारिलो हतियारले आक्रमण।

0
15

गोकर्णेश्वरमा कुखुरा पालन गर्ने महिलामाथि धारिलो हतियारले आक्रमण

काठमाडौँ, गोकर्णेश्वर —
गोकर्णेश्वर नगरपालिका– शिवचोकस्थित सेलिब्रेसन स्कुल नजिकै आज बिहान एक महिलामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको छ। प्रारम्भिक विवरणअनुसार मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले टहरामा कुखुरा पालन गर्दै आएकी महिलामाथि अचानक प्रहार गरेका हुन्।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले उनको हातमा गहिरो चोट पुर्‍याएको र टाउकामा समेत प्रहार गरी रगताम्य अवस्थामा छोडी लुटपाट गरेर फरार भएका छन्। घटनापछि स्थानीय बासिन्दाहरूले घाइतेलाई तत्काल उद्धार गरी नजिकैको अस्पताल पुर्‍याएका छन्।

दशैं नजिकिँदै गर्दा चोरी, लुटपाट र आपराधिक घटनामा वृद्धि भएको भन्दै स्थानीयवासी चिन्तित देखिएका छन्। “उत्सवको समयमा अपराधीहरूको सक्रियता बढ्ने भएकाले प्रहरी प्रशासन थप सतर्क हुनुपर्ने देखिन्छ,” एक स्थानीयले प्रतिक्रिया दिए।

घटनापछि प्रहरीले आक्रमणमा संलग्न हुने व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ। अपराध नियन्त्रणका लागि गस्ती बढाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

यस प्रकारका घटनाले राजधानीकै मध्यभागमा सर्वसाधारण असुरक्षित महसुस गर्न थालेको स्थानीयवासीहरू बताउँछन्। उनीहरूको भनाइमा दशैं जस्ता पर्वमा सजगता अझै बढाउनुपर्ने आवश्यकता देखिएको छ।

आक्रमणमा परेकी महिलाको उपचार भइरहेको र स्वास्थ्य अवस्था गम्भीर नभएको चिकित्सकहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY