गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनीत।

0
9

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित हुनुभएको छ । सरकारले विकास कोषमा कार्यकारी निर्देशकसहित ८ जनालाई मनोनित गरेको मध्य  रिसाल नगर विकास कोषको सदस्यमा मनोनित हुन भएको हो।

त्यसैगरी मन्त्रिपरिषद बैठकले नगर विकास कोष सञ्चालक समिति सदस्य पदमा ७ वटै प्रदेशबाट ७ जनालाई मनोनित गर्ने निर्णय गरेको छ

कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा ३ महिनाका लागि कोषका बरिष्ठ प्राविधिक राजेशकुमार भोछिभोयालाई तोक्ने निर्णय गरेको छ भने संचालक समिति सदस्यमा ७ वटा प्रदेशका ६ वटा स्थानीय तहका प्रमुख तोकिएका छन् ।
कोशी प्रदेशबाट रंगेली नगरापालिकाका प्रमुख दिलिपकुमार अग्रवाल, मधेश प्रदेशबाट बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, बागमती प्रदेशबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, गण्डकी प्रदेशबाट पोखरा महानगरपालिकाका उपप्रमुख मञ्ज गुरुङ, लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, कर्णाली प्रदेशबाट पञ्चपुरी नगरपालिकाका प्रमुख लालबीर भण्डारी र सुदूरपश्चिम प्रदेशबाट लम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाहीलाई मनोनित गरिएको

LEAVE A REPLY