
गोबरमै लतपतिएका बाहुनले पानी खान पाउँथे, सुन खेलाउने हामी भने छुन पाउँदैन थियौं” — खगेन्द्र सुनार।


“गोबरमै लतपतिएका बाहुनले पानी खान पाउँथे, सुन खेलाउने हामी भने छुन पाउँदैन थियौं” — खगेन्द्र सुनार
दैलेख, जेठ ३१ — सामाजिक यथार्थ र जातीय विभेदप्रति आक्रोश पोख्दै खगेन्द्र सुनारले आफ्नो बाल्यकालको अनुभव साझा गरेका छन्। दैलेख, कर्णालीका सुनार समुदायमा जन्मिएका खगेन्द्र भन्छन्,
“हामी सुन बनाउने घरमा जन्मियौं, सुन खेल्दै हुर्कियौं, तर पानी छुनै पाइनौं। तर गोबरमा लतपतिएका बाहुन-क्षत्री भने ग्वाम्मै हातले पानी उघाएर पिउँथे।”
उनका अनुसार गाउँमा यस्ता बाहुन र क्षेत्रीहरू थिए, जसले दशैंमा टीकाको अक्षता समेत मागेर लगाउँथे। उनीहरू रोटीमा गुजारा गरिरहेका थिए भने सुनार समुदायले भात खाएर हुर्किएको थियो।
“हामी पेशागत रूपमा माथि थियौं, सुनको पसलमा सबै आउँथे, कामले पनि मायाले पनि,” उनले भने,
“तर समाजको बनोट यस्तो थियो कि हामीलाई पानी छुनै दिइँदैनथ्यो।”
उनको यो भनाइले अझै पनि समाजमा विद्यमान जातीय विभेद र विसंगतिको गहिरो चित्र प्रस्तुत गर्छ।