
गोरखाको धावा–काठमाडौं सम्पर्क समन्वय समितिबाट नयाँ भित्तेपात्रो सार्वजनिक।


—गोरखाको धावा–काठमाडौं सम्पर्क समन्वय समितिबाट नयाँ भित्तेपात्रो सार्वजनिक
काठमाडौं, जेठ २७ — नेकपा (माओवादी केन्द्र) निकट गोरखा जिल्ला अन्तर्गतको धावा – काठमाडौं सम्पर्क समन्वय समितिले २०८२ सालको नयाँ भित्तेपात्रो सार्वजनिक गरेको छ। राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच समितिले सो भित्तेपात्रो सार्वजनिक गरेको हो।
कार्यक्रममा समितिका सचिव नारायण लामिछानेले भित्तेपात्रोमार्फत संगठन र यसको गतिविधिहरूलाई जनमानसमा प्रभावकारी रूपमा पुर्याउने उद्देश्य रहेको जानकारी दिए। “हामीले केवल पात्रो मात्र प्रकाशन गरेका होइनौं, यो हाम्रो विचार, कार्यक्रम र अभियानहरू जनतासामु पुर्याउने सशक्त माध्यम हो,” उनले भने।
उक्त कार्यक्रममा सम्पर्क समन्वय समितिका केन्द्रीय सदस्यहरू रमेश बन्जारा र बाबुराम देबकोटासहित अन्य पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
रमेश बन्जाराले समितिको प्रयासलाई “रचनात्मक कार्यको सकारात्मक उदाहरण” भनेर प्रशंसा गर्दै भने, “पात्रो केवल समय हेर्ने साधन होइन, यो संगठनको विचार र उद्देश्यलाई जनतासमक्ष पुर्याउने प्रभावशाली माध्यम पनि हो।”
सार्वजनिक गरिएको भित्तेपात्रो आकर्षक डिजाइनमा तयार पारिएको छ। यसमा संगठनद्वारा संचालन गरिएका विविध कार्यक्रमहरू झल्काउने तस्वीरहरू समावेश गरिएको छ, जसले सम्पर्क समन्वय समितिको क्रियाशीलता र जनताप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा उजागर गर्छ।
समितिले आगामी वर्षहरूमा पनि भित्तेपात्रो प्रकाशनको क्रमलाई निरन्तरता दिने जानकारी गराएको छ।