घुसखोरी र भूमाफियासँग जोडिएपछि नापी प्रमुखमाथि कालो मोसो प्रहार ।

0
25

 

चितवन —  पूर्वी चितवनका विभिन्न स्थानमा  कित्ताकाट गर्दा घुस लिएको आरोपमा नापी कार्यालय खैरहनीका प्रमुख इन्जिनियर शालिकाराम लम्सालमाथि  नेकपा बहुमतका कार्याकर्ताले   कालोमोसो प्रहार गरेका छन्।

कित्ताकाट गर्न नमिल्ने जग्गालाई समेत विभाजन गरेर भूमाफियालाई सहयोग पुर्‍याएको सेवाग्राहीसँग रकम असुल गर्ने गरेको आरोपमा  प्रमुख  लम्सालमाथि  नेकपा (बहुमत) खैरहनी नगर कमिटीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको शो पार्टीले जनाएको छ।

कार्यालय समयमै भएको घटनामा मुखमा मास्क लगाएका दुई युवा  सेवाग्राहीको रूपमा भित्र पसेर लम्सालमाथि झोलामा ल्याएको कालो  मोसो प्रहार गरेका  हुन्।  त्यसपछि उनीहरूले राजनीतिक नारा लगाउँदै कार्यालय परिसरबाट हतारहतार बाहिरिएका थिए।

 

 

LEAVE A REPLY