
“चिनियाँ राष्ट्रपति सि संगको भेटेपछि लिपुलेक सम्झौताप्रति प्रधानमन्त्री ओलीको कडा आपत्ति।


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको विषयमा चीनसँग कडा आपत्ति जनाएको उनका सचिवालयले जनाएको छ।
शनिबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग नेपाल–भारतबीच भएको सम्झौताको नाममा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने विषयमा असन्तुष्टि प्रकट गरेका हुन्।
प्रधानमन्त्री सचिवालयका अनुसार ओलीले लिपुलेक नेपालको नक्साभित्र पर्ने सार्वभौम भूभाग भएको र नेपाललाई बेवास्ता गरेर गरिएको कुनै पनि सहमति नेपाललाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्। भारत र चीनबीच सन् २०१५ मा लिपुलेकमार्ग प्रयोग गर्ने सहमति भएपछि नेपालभित्र राजनीतिक दल, नागरिक समाजदेखि आम जनतासम्मले आपत्ति जनाउँदै आएका छन्।
ओलीले यसपटक चीनका राष्ट्रपतिसमक्ष उठाएको विषयलाई नेपालको सीमा र स्वाधीनतासँग जोडिएको संवेदनशील प्रश्नका रूपमा लिइएको छ।