चिसो संगै नेताहरूमा बढ्यो चिसो सम्बन्ध ।

0
7

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)को  पहलकदमीमा अगाडी बढेको कम्युनिस्ट घटकहरुको एकता अभियान अन्तर्गत माधब कुमार नेपाल  नेतृत्वको (एकीकृत समाजवादी) र बिप्लप नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी ) बीच  गर्ने भनेको पार्टी एकता अन्योल पुर्ण  देखिएको छ।

पार्टी  एकताका निम्ति बारम्बार  दाहाल  नेपाल   र चन्दबीच  छलफल भएको  थियो तर  मौसमी चिसो सुरु भए संगै तीन पार्टीमा फेेरी चिसो सम्बन्ध बढ्दै गएको छ ।  बिप्लप नेतृत्वको      (नेपाल कम्युनिस्ट पार्टी ) को केन्द्रीय समितिको बैठकले एकता अभिनलाई फुुलस्टप दिई सकेको छ भने सो पार्टीले एकता अभियानमा प्रचण्ड  नै बाधक बनेको कारणले पार्टी एकता नहुने निष्कर्षमा  पुगेको हो।

गत  असारमा बनेको समाजबादी मोर्चाले   देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने भन्दै  एउटा    संकलप  बोकेको थियो। तर बिस्तारै आज सेलाउदै गएको छ।प्रचण्डले एक कार्यक्रम माझ    भनेका थिए  रैथाने   माओवादी  जति सबै एक ठाउँमा आउने आधार बन्दै छ । हामी आफूलाई रैथाने माओवादी भन्ठान्छौँ भने एकता अभियानमा कसेर उठ्नु पर्ने उहाँको भनाइ थियो।तर एकाएक बिप्लप र माधब नेपालको पार्टीको  बैठकले एकता प्रक्रियालाई रोक्ने निष्कर्षले नेपाली राजनीतिमा हलचल मच्चाएको छ।

यता   (एकीकृत समाजवादी) ले  पनि  पार्टी र नेता तथा कार्यकर्तामा बढ्दो निराशाको कारणले  एकता प्रक्रियामा जोड दिएको भनिए पनि अन्य बरिस्ठ नेताको चर्को दबाबमा हाल एकता अभियानलाई  काडे तार लगाएको छ।।

LEAVE A REPLY