चीनको छेन्दुमा बिप्लपका प्रभावशाली नेता सुदर्शन सि, समाजवाद अध्ययनको उद्देश्यसहित भ्रमण।

0
9

 

चीनको छेन्दुमा बिप्लपका प्रभावशाली नेता सुदर्शन सि, समाजवाद अध्ययनको उद्देश्यसहित भ्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द ‘बिप्लप’) का प्रभावशाली नेता तथा केन्द्रीय सदस्य सुदर्शन  सि केही दिनका लागि चीनको सिचुआन प्रान्तको राजधानी छेन्दु पुगेका छन् । उनले समाजवाद अध्ययन केन्द्रमार्फत चिनियाँ विशेषतायुक्त समाजवाद बुझ्ने र अनुभव गर्ने उद्देश्यसहित छेन्दु पुगेको जानकारी दिएका छन् ।

उनले  सामाजिक सञ्जाल  मार्फत आफ्नो तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, “नमस्ते चाइना छेन्दु (निहाओ चुंगओ छेन्दु) ! म केही दिनका लागि यहाँ रहनेछु । केही समयअघि गठन गरिएको नेपाल–चीन समाजवाद अध्ययन केन्द्रमार्फत चिनियाँ समाजवादको अभ्यास र अध्ययन गर्नेछु ।”

नेपालबाट चीन पुग्ने क्रममा यात्रा सहज नभएको उनले अनुभव बाँडेका छन् । “विमान ढिलो हुँदा यात्रा निकै सकसपूर्ण भयो । बिहान ६ बजे नेपालबाट यात्रा गर्दा बल्लबल्ल छेन्दु आइपुगेको,” उनले बताएका छन् ।


 

LEAVE A REPLY