जबरजस्ती करणीका दुई अलग घटनामा दुई व्यक्ति पक्राउ।

0
21

काठमाडौँ, २४ जेठ २०८२ — प्युठान र धादिङमा भएको दुई अलग-अलग यौन दुर्व्यवहारका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्युठान जिल्लाको नौबहिनी गाउँपालिका–४, मौरीवाङ खबाङ निवासी ७८ वर्षीय महाराम पुनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो। एक ३४ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै, धादिङको सिद्धलेक गाउँपालिका–१, बिर्जेथुम्काका ५४ वर्षीय एक बहादुर चितौरे पनि यस्तै आरोपमा शुक्रबार दिउँसो पक्राउ परेका छन्। एक १९ वर्षीया किशोरीले दिएको उजुरीपछि प्रहरी चौकी सिद्धलेकबाट गएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।

LEAVE A REPLY