
ज्योतिषशास्त्रमा पहिलो घरको महत्त्व।


ज्योतिषशास्त्रमा पहिलो घरको महत्त्व
त्यसैले सबै कुरा बिर्सेर पहिलो घरलाई फोकस गर्नुहोस् ।
१- लग्नमा कुन ग्रह बसेको छ ,
२- लग्नेश कहाँ बसेको छ ,
३- लग्नमा कुन ग्रहको दृष्टि परेको छ ,
४- लग्नमा कुन राशि बसेको छ ,
५- सूर्यको अवस्था के कस्तो छ ,
यी वटा कुरालाई विचार गरेपछि बल्ल
तपाईले आफ्नो बारेमा पत्ता लगाउन सक्नुहुन्छ अनि सबैकुरा आफै जोडिदै आउँछन् । जस्तै उदाहरणको लागि म छु र पो ,यो सबै संसार छ । म नै छैन भने , यो संसार पनि छैन ।
छोराछोरीको मृत्यु भएपनि फेरी जन्माउन सकिन्छ ।श्रीमतीले छोडेर गएपनि अर्को विवाह गर्न सकिएला ।
चोरले धन चोरेर लगे फेरि कमाउन सकिन्छ । इज्जत गुमाए भने , फेरि इज्जत कमाउन सकिन्छ । यी उदाहरण मात्र हो ।
तर म मरे भने यो सबै इज्जत , छोराछोरी , श्रीमती हुनु र नहुनुको कुनै अर्थ छैन कारण म नै जिउँदो छैन ।
त्यहिभएर , सबै कुरा बिर्सेर – पहिलो घर हेर्नुहोस् ।