ज्योतिष र राजनीति – ज्योतिष सन्देश अर्याल।

0
18

ज्योतिष गुरुहरुको काम भनेको के हो ? मुलतः फलादेश गर्ने , भविष्यवाणी गर्ने हो । अहिले हो , भविष्यवाणी गर्ने समय । मिले पनि ठिक छ , नमिले पनि ठिक छ ,आफ्नो कुरा राख्न त पाईयो नि ।

ज्योतिष अनुसन्धानको विषय हो , यो सांकेतिक विज्ञान हो , संकेतको आधारमा ग्रह गोचरको परिस्थिति हेरेर ,विचार गरेर भविष्यवाणी गर्नुपर्ने हुन्छ ।

ज्योतिष गुरुले भनेको कुरा मिल्नलाई ज्योतिष गुरुले के कति साधनामा समय बिताउनु भएको छ र उहाँमा कति दैविक शक्ति छ , त्यो नै मुख्य कुरा हो ।

प्रधानमन्त्री नियुक्ति अगाडि को बन्छन् यो बताउनु आवश्यक छ । प्रधानमन्त्री बनिसकेपछि
मलाई थाह थियो , मनमा लागेको थियो भनेर विचार राखेर काम छैन ।

अब यहाँनेर कुरा उठ्छ नेपालमा १ लाख जना ज्योतिष गुरुहरु हुनुहुन्छ होला । ती मध्ये थोरैले मात्र भविष्यवाणी गर्न अगाडी आउनुहुन्छ ।
यसको मुख्य कारण हो भविष्यवको बारेमा ज्ञान नहुनु ,राजनीति ज्योतिष नपढ्नु । राजनीति ज्योतिषलाई Mundane astrology भनिन्छ । १००० मा २ जनाले मात्र राजनैतिक ज्योतिष पढेका हुन्छन् ।

LEAVE A REPLY