टोखाबाट ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राकको मालिक नेपाली भएको खुलासा।

0
6

टोखाबाट ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै भएको नयाँ रहस्य बाहिरिएको छ।

शो  रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ घर भई टोखा नगरपालिका १० महादेवटार हाइटमा बस्ने विवादित व्यपारी   नारायण पौडेलले चीन पठाउन लागेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको हो।

पौडेल यसअघि पनि पटकपटक पक्राउ परेका व्यक्ति हुन्। नेकपा माओवादी केन्द्रनिकट व्यापारी २०८० असारमा जुवाखालबाट पक्राउ परेका थिए।

   गत   सोमबार  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट ना ७ ख १६५२ नम्बरको ट्रकबाट तस्करी हुन लागेको २५ करोड रुपैयाँबराबरको युरो र अमेरिकी डलर  नियन्त्रणमा लिन सफल भएको थियो।

LEAVE A REPLY