
ट्राफिक प्रहरीको हत्याको अाशंकामा छ जना पक्राउ ।


काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्याको अाशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले छ ा घटनाबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्लाा प्रहरी परिसरका काठमाडौँका एसएसपी वसन्त रजाैरेले बताए ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
खोटाङ मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो ।