ढाका टोपीमा सजिएका सोनु निगम काठमाडौमा।

0
9

भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई आयोजक टिमका सदस्यले स्वागत गरे।

सोनुले बेलुका हायात रिजेन्सी होटलको मैदानमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ मा प्रस्तुति दिँदैछन्। काठमाडौं ओर्लिएसँगै मिडियाकर्मीसँगको कुराकानीमा उनले प्रस्तुतिका लागि आफू उत्साहित रहेको बताए।

उनलाई स्वागत गर्न कमेडियन सन्दीप क्षेत्री पनि विमानस्थल पुगेका थिए। उनले ढाकाटोपी लगाइदिएर स्वागत गरे।

कन्सर्टमा दर्शकका लागि ४ बजे गेट खुल्नेछ। सोनु ७ बजे स्टेज चढेर आफ्नो प्रस्तुतिमार्फत दर्शक झुमाउने छन्। उनले भारतीयसहित केही नेपाली गीत समेत गाउने आयोजकको भनाईं छ।

नेपाली–टच नेपालले क्रिसमसको अवसर पारेर यो कन्सर्ट आयोजना गरेको हो।

LEAVE A REPLY