
दलीय भागबण्डामा नियुक्ति गरेको डिन खारेज गर्न अखिल( क्रान्तिकारी)को कडा चेतावनी।


काठमाडौँ । धर्वेन्द्र बास्तोलाले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डा खारेज नगरे त्यसको ठुलो मूल्य चुकाउन पर्ने ठाडो रुपमा चेताउने दिएको छ।
८ जना डीन र तीन जना निर्देशकहरू राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गरिएको भन्दै त्यसलाई खारेज गर्न शो संगठनले कडा रूपमा दबाब दिएको हो ।राजनीतिक भागबन्डाका र सत्ता र शक्तिको बलमा भागबण्डा मिलाएर नियुक्ति गरेको भन्दै अखिल (क्रान्तिकारी) त्यसको बिरोध गरेको हो
अखिल (क्रान्तिकारी) अध्यक्ष विरेन्द्र शाहले एक प्रेश विज्ञप्ती जारी गर्दै राजनीतिक भागबन्डाका आधारमा गरिएका सम्पूर्ण डिन र निर्देशकहरूको नियुक्ति बदर गरी मेरिटको आधारमा नियुक्ति प्रक्रियामा अगाडी बढाउन माग गरेको छ।