
धर्मेन्द्र बास्तोला नेतृत्वको (नेकपा (बहुमतले) चलायो विद्यार्थी जागरण अभियान।


धर्बेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमतको) विद्यार्थी संगठन अखिल {क्रान्तिकारीले} – मिसन एभ्रीडे अभियान अन्तरगत आज काठमाडौंको त्रिपुरेश्वर स्थित बिश्व निकेतन स्कुलमा बृहत विद्यार्थी जागरण अभियान चलाएको छ।
उक्त अभियान कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेकपा (बहुमत)का काठमाडौं जिल्ला सेक्रेटेरी गोकुल पराजुलीले विद्यार्थीलाई राज्यले बेरोजगारीको भर्ति केन्द्र बनाएको आरोप लगाएका छन्। उनले देशको अहिलेको शिक्षाको अवस्था हेर्दा ज्ञान सिप र क्षमता आर्जन गर्ने नभई हातमा सर्टिफिकेट झुन्डाएर बिदेश लखट्ने खालको भएको उनको तर्क छ। उनले कक्षा१२ उतिर्ण गर्ने बित्तिकै लाखौं लाख युवाहरु बिदेश पलायन हुन्छन् र त्यसमा पनि पहिलो हुने युरोप अमेरिका जालान् दोस्रो हुने साउदी कतार जालान् र तेस्रो हुने भारतमा मजदुरी काम गर्लान् अनि कसरी हुन्छ देश समृद्धि र बिकास उनले प्रश्न गरे। एउटा बच्चा आमाको दूध खानको लागि किन रुन्छ त्यो पनि एउटा बिद्रोह गरेको उदाहरण दिदै उनले हलो जोतेर खाने किसान र मजदुरी गरेर खाने मजदुरको किन यहाँ अपमान हुन्छ भन्दै उनलेे आक्रोश पोखे र अहिको संकटको जड बाट मुक्ति पाउन बिद्रोह गर्नु बाहेक अन्य बिकल्प नभएको उनको भनाइ छ।
त्यसैगरी अभियान कार्यक्रमा आफ्नो मन्तव्य राख्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवम त्रिबिका संयोजक गोबिन्द बिष्टले नेपालको शिक्षा प्रणाली ध्वस्त पारि सरकारले माफीयाको हातमा सुम्पेको आरोप लगाएका छन्न । देशको शेैक्षिक क्षेत्रमा देखा परेको माफियाको जालो तोड्न विद्यार्थीहरु आफै जागरुक हुन पर्ने उनले जोड दिएका छन् । हालको शिक्षा नितिले विद्यार्थीहरुमा घोकन्ते विद्याको मात्र बिकास भैरहेकाले व्यवहारिक शिक्षाको आवश्यकता रहेको औल्याएका छन्। उनलेे राज्य समाजबादी शिक्षाको मोडलमा जान नसक्नुको पछाडिको कारण भ्रष्ट राजनीति नेता मन्त्री र माफियाको साठगाठ रहेको उनको दाबी छ।