नवौं महाधिवेशन भव्य रुपमा गर्दै नेकपा (बहुमत)।

0
12

माघ, काठमाडौं ।  धर्बेन्द्र बास्तोले  नेतृत्व गरेको  नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को नवौं महाधिवेशन  यही शुक्रवार  जमल स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा  हुने भएको छ।

राजनीतिक बैचारिक रुपमा पार्टीलाई  “सुदृढ बनाउदै वैज्ञानिक समाजवादको कार्यदिशाको बाटोमा अगाडी बढाउने र स्वाधीन संयुक्त सरकारको अभ्यास गर्दै  राज्यप्रणाली, अन्तरगत  आर्थिक संरचनालगायतका विषयमा गम्भीर  छलफल हुने  प्रचार-प्रसार इन्चार्ज गुणराज लुइटेलले जानकारी दिएका छन्।   समाजवादी क्रान्ति सम्पन्न गर्ने  कार्यदिशा पूरा गर्नका निम्ती कार्यनीतिका रूपमा अहिले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरणको  निम्ति  सो पार्टीले स्वाधिनताको नारा अगाडि सारेको हो।

तत्कालीन पार्टीका महासचिव नेत्रविक्रम चन्द संसद्‌वादको मार्ग पछ्यायकाले  त्यहाँ बाट अलग भइ  मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको बुहुमतले  बिचारधारा नमिले पछि पुर्न अलग भएको थियो।

महाधिवेशनको उद्घाटन सवा  ११ बजे  हुने नेकपा (बहुमतले) जनाएको छ ।उद्घाटन समारोहमा एक लाख मानिस उतार्ने शो पार्टीले दाबी गरेको छ।महाधिवेशनले पार्टीको विधान, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र आवश्यक अन्य प्रस्ताव पारित हुने छन्।

LEAVE A REPLY