
निर्माण क्षेत्रमा समर्पित एक प्रेरणादायी नाम: बिरेन्द्र राज पाण्डे।


२०८२ जेठ ११ गते ११:३६ काठमाडौं, नेपाल –
नेपाली निर्माण क्षेत्रमा एक समर्पित, अनुभवी र प्रतिष्ठित व्यक्तित्वको रूपमा बिरेन्द्र राज पाण्डेले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। विगत दुई दशकदेखि निर्माण व्यवसायमा संलग्न रहँदै आएका पाण्डेले दर्जनौं ठूला र महत्वपूर्ण पूर्वाधार परियोजनाहरूको सफल नेतृत्व गरेका छन्।
पाण्डेले गुणस्तरीय निर्माण कार्य, समयमै प्रोजेक्ट सम्पन्न गर्ने क्षमताका साथै श्रमिक र इञ्जिनियरबीचको सशक्त समन्वयमार्फत व्यवसायमा अलग पहिचान बनाएका छन्। उनका अनुसार, “निर्माण व्यवसाय केवल भवन निर्माण होइन, राष्ट्र निर्माणसँग प्रत्यक्ष सम्बन्धित छ।”
हालै सम्पन्न विभिन्न सडक, भवन, र सामुदायिक संरचनाहरूमा उनको नेतृत्व र व्यावसायिक कुशलता देखिएको छ। व्यवसायसँगै सामाजिक सेवामा समेत अग्रसर रहँदै आएका पाण्डे युवाहरूलाई उद्यमशीलताको बाटोमा हिँड्न प्रेरणा दिइरहेका छन्।
निर्माण व्यवसायको भविष्यबारे बोल्दै पाण्डेले प्रविधिको सही प्रयोग, पारदर्शिता र दिगोपनामा जोड दिनुपर्ने बताउँछन्। नेपालजस्तो भूगर्भिक रूपमा जटिल देशमा इञ्जिनियरिङ्ग र निर्माण व्यवसाय अझ व्यवस्थित बनाउन उनी निरन्तर प्रयास लागिरहेका छन्