
नुवाकोटको शिवपुरी ७ सुर्यचौरमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना चिनिया नागरिक सहित पाँचजनाको मृत्यु ।


काठमाडौंबाट रसुवाका लागि उडेको एअर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउपालिका ७ सुर्यचौरमा दुर्घटना हुदा चिनियाँ नागरिक जुदाड टाङ, जिई ली, यियाद वु र जेमिङ सि सहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाउनु भएको थियो ।